साइबर आक्रमणका कारण MFK Company को सेवा प्रभावित, कम्पनीले सुरक्षा प्रणाली थप कडा बनाउने

 काठमाडौं — MFK Multipurpose Company Pvt. Ltd. को आधिकारिक वेबसाइटमा पछिल्लो समय अज्ञात व्यक्तिहरूद्वारा बारम्बार अनधिकृत गतिविधि तथा cyber attack गर्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ। उक्त गतिविधिका कारण वेबसाइटमा विभिन्न error देखिने, system slow हुने तथा staff हरूलाई नियमित काम सञ्चालन गर्न कठिनाइ भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ।

कम्पनीका अनुसार केही व्यक्तिहरूले जानाजानी website system मा समस्या सिर्जना गर्ने प्रयास गरिरहेका छन्, जसका कारण online service, office work तथा client handling प्रक्रियामा असर परेको छ। विशेष गरी staff हरूले dashboard, online form तथा management system प्रयोग गर्दा पटक–पटक समस्या भोग्नुपरेको बताइएको छ।

कम्पनीका Founder Mr. Faiyaj Khan ले website तथा digital system लाई सुरक्षित बनाउन थप security monitoring, backup system तथा technical protection बढाइने बताएका छन्। कम्पनीले यस्ता अवैध cyber गतिविधिमा संलग्न व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सकिने पनि जनाएको छ।

MFK Company ले ग्राहक तथा सेवाग्राहीहरूलाई कुनै भ्रममा नपर्न आग्रह गर्दै system सुरक्षा तथा सेवा स्थिरताका लागि technical team निरन्तर काम गरिरहेको जानकारी दिएको छ। कम्पनीले “Simple, Fast & Secure Service” लक्ष्यअनुसार सुरक्षित digital environment निर्माण गर्ने                                                                         प्रतिबद्धता दोहोर्याएको छ।

कम्पनीले ग्राहक तथा सेवाग्राहीहरूलाई कुनै भ्रममा नपर्न अनुरोध गर्दै सेवा नियमित र सुरक्षित बनाउन technical team 24/7 सक्रिय रहेको जानकारी दिन चाहन्छ।

POPULAR NEWS

Job Placement Department को विस्तारका लागि Remittance Plan 8–10 महिनाका लागि रोकियो