MFK Company को Head Office Setup, Staff Station Expansion तथा Digital Security System थप मजबुत बनाउने तयारी
MFK MULTIPURPOSE COMPANY
KATHMANDU, NEPAL
काठमाडौं । MFK Multipurpose Company Pvt. Ltd. ले आफ्नो संस्थागत विस्तार, staff management, digital system तथा security infrastructure लाई थप व्यवस्थित र आधुनिक बनाउने तयारीलाई तीव्र बनाएको जनाएको छ। कम्पनी स्रोतका अनुसार हाल सञ्चालनमा रहेको कार्यालयलाई “Staff Station” को रूपमा विकास गरिने भएको छ, जहाँ कम्पनीका अधिकांश staff हरूले नियमित रूपमा काम गर्ने, training लिने तथा operational activities सञ्चालन गर्नेछन्।
कम्पनीले call receiver staff, support team, training team लगायतका कर्मचारीहरूलाई यही staff station बाट सञ्चालन गर्ने योजना बनाएको बताएको छ। यस कार्यालयमा training center, call center support, staff coordination, digital operation तथा अन्य आवश्यक facilities समेत उपलब्ध गराइने जनाइएको छ।
यसैबीच, MFK Multipurpose Company Pvt. Ltd. ले काठमाडौंको कोटेश्वर क्षेत्रमा नयाँ Head Office का लागि flat booking समेत सम्पन्न गरिसकेको जनाएको छ। कम्पनी स्रोतका अनुसार आगामी जेठ २० गतेसम्म नयाँ Head Office पूर्ण रूपमा setup गर्ने लक्ष्य राखिएको छ।
नयाँ Head Office मा कम्पनीका मुख्य तथा senior staff हरू रहनेछन् भने सबै department का कार्यहरू एउटै भवनभित्र सञ्चालन गरिने बताइएको छ। कम्पनीले प्रत्येक department का लागि अलग-अलग room तथा व्यवस्थित working environment तयार गरिने जानकारी दिएको छ। Job Placement & HR Services, IT & Technology Solutions, Digital Services, Real Estate & Construction लगायतका विभागहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।
यसका साथै पछिल्लो समय cyber attack को असरमा परेको कम्पनीको official website लाई 100% secure बनाउन विशेष technical team गठन गर्ने तयारी भइरहेको कम्पनी स्रोतले जनाएको छ। कम्पनीले आगामी दिनमा सबै काम, data management, staff dashboard, reporting system तथा digital operations website-based system बाट सञ्चालन गर्ने योजना बनाएको छ। त्यसैले cyber security तथा digital safety लाई प्राथमिकतामा राख्दै staff हरूलाई थप technical तथा security training समेत दिइने तयारी गरिएको बताइएको छ।
कम्पनीका Founder Mr. Faiyaj Khan ले केही समयका लागि रोकिएको Remittance & Financial Department भविष्यमा अझ शक्तिशाली, व्यवस्थित तथा advanced system सहित सञ्चालनमा आउने बताएका छन्।
उहाँले व्यवसायिक योजनाबारे धारणा व्यक्त गर्दै कुनै योजना केही समयका लागि रोकिँदैमा त्यो असफल भएको अर्थ नहुने बताएका छन्। व्यवसायिक रणनीतिअनुसार कुनै project लाई अझ ठूलो, सुरक्षित तथा powerful बनाउने उद्देश्यले कहिलेकाहीँ temporary pause लिनुपर्ने अवस्था आउने र त्यसलाई long-term growth को रूपमा बुझ्नुपर्ने उहाँको भनाइ रहेको छ।

