Job Placement Department को विस्तारका लागि Remittance Plan 8–10 महिनाका लागि रोकियो

MFK Multipurpose Company Pvt. Ltd. को Remittance and Financial Department सञ्चालनको तयारी भइरहेको अवस्थामा हालका लागि उक्त योजना अस्थायी रूपमा रोक्ने निर्णय गरिएको छ। कम्पनीको Job Placement and HR Services Department मा पछिल्लो समय अत्यधिक customer flow तथा visitor वृद्धि भएका कारण कार्यालयमा space अभाव देखिएको विभागीय व्यवस्थापनले जनाएको छ।

कम्पनीको पहिलो तथा मुख्य उद्देश्य Job Placement and HR Services भएकाले यस विभागमा दैनिक रूपमा धेरै सेवाग्राहीको उपस्थिती हुने गरेको छ। उपलब्ध कार्यालय space पर्याप्त नभएका कारण ग्राहक सेवा व्यवस्थापनमा कठिनाइ बढ्न थालेपछि विभाग प्रमुखले Head Quarter समक्ष थप space आवश्यक रहेको जानकारी गराएका थिए।

यस विषयमा आज मिति 2083/02/03 गते साँझ 4:00 बजे देखि 6:00 बजे सम्म भएको व्यवस्थापन बैठकमा Department Manager ले कम्पनीका Founder तथा Owner Mr. Faiyaj Khan समक्ष विभागको वर्तमान अवस्था, customer pressure तथा operational requirement सम्बन्धी विवरण प्रस्तुत गरेका थिए। बैठकका क्रममा Job Placement Department बाट अन्य विभागको तुलनामा 3–4 गुणासम्म बढी income तथा customer movement रहेको विषय समेत उल्लेख गरिएको थियो।

उक्त अवस्थालाई मध्यनजर गर्दै MFK Multipurpose Company Pvt. Ltd. Head Quarter ले Remittance and Financial Department सञ्चालन योजना हालका लागि करिब 8–10 महिनासम्म स्थगित गर्ने निर्णय गरेको जनाएको छ।

बैठकमा Job Placement and HR Services Department का लागि आवश्यक अतिरिक्त office space व्यवस्थापन गर्ने विषयमा समेत छलफल भएको थियो। Founder Mr. Faiyaj Khan समक्ष 3–4 वटा room भएको नयाँ flat लिएर office operation विस्तार गर्ने प्रस्ताव प्रस्तुत गरिएको र कम्पनी व्यवस्थापनले यस विषयलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।